काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल करिब १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ जम्मा भएको छ ।
यसमध्ये सरकारले बाढी प्रभावित क्षेत्रका लागि यसअघि नै एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
कोषको रकममध्ये विभिन्न नौ वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ रहेको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
भोटेकोशी नदीको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम बढेसँगै कोषमा रकम थपिँदै गएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















