काठमाडौं– माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ३७ वटा शव निकालिको छ ।
आइतबार अडिट ३ बाट थप १३ वटा शव निकालिएको हो ।
कम्पनीका अनुसार नेपाली सेना, कम्पनीको संयुक्त उद्धार टोलीले अडिट ३ बाट अपस्ट्रिम हेड रेस टनेलभित्र कंक्रिटिङका लागि तयार पारिएको रेबरको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थाका शवहरू निकालेको हो ।
निकालिएका शवहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत एयर लिफ्ट गरी नुवाकोटको विदुरनगरपालिका( ६ स्थित खम्बा स्वास्थ्य परिसरमा राखिएको छ ।
ग्राउन्ड सर्चका लागि सर्च डगको टोली ल्याएर उद्धार कार्य जारी राखेको कम्पनीले जनाएको छ ।
साथै, कम्पनीको दुईतर्फी टनेलको मिनि एक्स्काभेटरको प्रयोग गरेर खोजी कार्यलाई जारी राखिएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण यस आयोजनाका ४५८ जना सम्पर्कविहीन भएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















