काठमाडौं– उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जापानले सुरक्षा निगरानी बढाएको छ ।
आइतबार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे उत्तर कोरियाले जापानतर्फको समुद्री क्षेत्रमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रक्षेपणपछि जापानी प्रधानमन्त्री सानाए ताकाइचीले सम्बन्धित अधिकारीलाई घटनाबारे सबै सूचना तत्काल संकलन तथा विश्लेषण गर्न र सम्भावित जोखिमको निरन्तर निगरानी गर्न निर्देशन दिएकी छन् ।
सरकारले विमान, समुद्री जहाज तथा अन्य संरचनामा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन पनि निर्देशन दिएको छ ।
सम्भावित आकस्मिक अवस्थाका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र गतिविधिमाथि जापान, दक्षिण कोरिया र अमेरिकाले लामो समयदेखि निगरानी गर्दै आएका छन् ।


विश्व खबर 




















