काठमाडौं– भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार बिहान पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा यूपी ३२ युटी ५६८९ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले कारभित्रबाट ओल्ड मङ्क रम २७४ थान बरामद गरेको जनाएको छ । बरामद मदिराको अन्दाजी मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, प्रहरीले मदिरा ओसारपसारमा प्रयोग भएको कारको मूल्य ३५ लाख रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















