काठमाडौं– रूसको संसदीय निर्वाचनको अन्तिम दिन आइतबार मस्को र वरपरका क्षेत्रमा युक्रेनबाट १,६०० भन्दा बढी ड्रोन प्रहार भए ।
जसमध्ये करिब ४५० मस्कोतर्फ लक्षित थिए ।
आक्रमणमा एउटा तेल रिफाइनरीमा क्षति पुग्यो र मस्को क्षेत्रमा कम्तीमा दुई जनाको मृत्यु भयो ।
मेयर सर्गेई सोब्यानिनले आक्रमण विफल पारिएको बताए ।
जेलेन्स्कीले रूसी तेल उद्योग र लजिस्टिक केन्द्रमा दूरगामी कारबाही गरिएको दाबी गर्दै धेरै ड्रोन प्रणाली प्रयोग भएको जानकारी दिए ।
यो युक्रेन युद्धपछिको रूसमा भएको पहिलो संसदीय निर्वाचन हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















