images
images
  • बाढीपीडितका लागि नाडाको राहत नुवाकोटमा हस्तान्तरण

    काठमाडौं – रसुवा र नुवाकोटमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले उपलब्ध गराएको राहत सामग्री नुवाकोटमा हस्तान्तरण गरिएको छ ।

    नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष नीलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शनिबार जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

    यसअघि भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images