images
images
  • भोटेकोशी बाढी प्रभावितलाई चिनियाँ संस्थाको राहत, ४४९ सौर्यबत्ती वितरण

    काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका परिवारलाई राहत सामग्री वितरण गर्ने क्रम जारी रहेको छ ।

    ग्रामीण विकाससम्बन्धी चिनियाँ संस्था चीन फाउन्डेसन फर रुरल डेभलपमेन्टले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई दैनिक उपभोग, स्वास्थ्य तथा पोषणसँग सम्बन्धित अत्यावश्यक सामग्री वितरण थालेको हो ।

    फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कार्यलाई तीव्रता दिएका छन् ।

    बाढी प्रभावित समुदायको पुनःस्थापना तथा जनजीवन सामान्य अवस्थामा फर्किन समय लाग्ने भएकाले तत्काल स्वास्थ्य र पोषणसम्बन्धी आवश्यकता पूरा गर्न प्राथमिकता दिइएको फाउन्डेसनले जनाएको छ ।

    फाउन्डेसनका अनुसार बढी प्रभावित तथा पहुँच कठिन भएका बस्तीमा राहत सामग्री छिटो पुर्‍याउन स्थानीय तह र सम्बन्धित पक्षसँग समन्वय भइरहेको छ ।

    राहतअन्तर्गत खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्तीसमेत वितरण गरिएको छ। सौर्यबत्तीले विद्युत् सेवा प्रभावित भएका बस्तीका परिवारलाई रातको समयमा आवश्यक प्रकाशको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images