काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट हालसम्म २४ वटा शव निकालिएको छ ।
शनिबार पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाको टोलीले सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेको छ ।
स्टिल ग्यान्ट्री फर्मवर्क तथा रिबारलगायतका अवशेष हटाएर खोजीका लागि थप स्थान तयार गरिएको छ ।
खोजी कार्यमा ४४ जनाको टोली, सर्च डग र एक्स्काभेटर परिचालन गरिएको छ ।
मैलुङ क्याम्प क्षेत्रमा थप एक्स्काभेटर प्रयोग गरी भग्नावशेष हटाउने तथा डाउनस्ट्रिमतर्फ सम्भावित स्थानमा खोजी जारी राखिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















