काठमाडौं– धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताङ्खुवाबाट धनकुटातर्फ आउँदै गरेको टाटा सुमो बञ्चरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिचय खुल्न सकेको छैन ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान तथा उद्धारको काम अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















