काठमाडौं– सप्तरीमा प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट नियमित गस्तीमा खटिएको प्रहरी टोलीले भोला सदा र मङ्गल मुखियालाई पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान दुवै जनाको घर तलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
प्रहरीले सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















