images
images
  • भाटभटेनी टंगाल भोलिदेखि नियमित सञ्चालनमा आउने

    काठमाडौं– काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट भोलि सोमबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।

    भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगालस्थित स्टोरले भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।

    ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको कम्पनीले जनाएको छ ।

    स्टोर पुनः सञ्चालनमा आएसँगै ग्राहक, शुभेच्छुक तथा सरोकारवालाबाट प्राप्त निरन्तर साथ, सहयोग र विश्वासप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images