images
images
  • गोरखामा जीप दुर्घटना : एक वृद्धाको मृत्यु, सातजना घाइते

    काठमाडौं– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

    भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको वडाध्यक्ष खुसीमान गुरुङले जानकारी दिएका छन् ।

    दुर्घटनामा सिरानचोक गाउँपालिका–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे गम्भीर घाइते भएका छन् । सोही वडाका ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का र ७३ वर्षीय कुलबहादुर सार्की पनि घाइते भएका छन् ।

    यस्तै, सिरानचोक–६ सिम्लेकी ६८ वर्षीया सीता गुरुङ तथा वडा नं। ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन् ।

    घाइते सबैको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images