images
images
  • ट्रम्प–नेतान्याहु सत्ताबाट नहटेसम्म होर्मुज खुल्दैन : इरान

    काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका राजनीतिक सल्लाहकार मोहम्मद बाकिर जोल्कादेरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्ताबाट नहटेसम्म होर्मुज स्ट्रेट नखोलिने बताएका छन् ।

    इरानी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा उनले इरानले अमेरिका र इजरायलविरुद्धको जवाफी कारबाही जारी राख्ने बताएका छन् ।

    बीबीसी फारसीका अनुसार इरानभित्र अमेरिका र इजरायलसँग सैन्य टकराव जारी राख्ने वा वार्ताको बाटो रोज्ने विषयमा मतभेद बढिरहेको छ ।

    राष्ट्रपति मसुद पेजेस्कियान र सभामुख मोहम्मद बाकर गालिबाफसहित केही नेताले वार्ताको पक्षमा आवाज उठाएका छन् भने आईआरजीसीका कमान्डरहरू होर्मुज स्ट्रेट बन्द राख्दै सैन्य कारबाही जारी राख्नुपर्ने पक्षमा छन् ।

    यसबीच आर्थिक प्रतिबन्ध, महँगी र दक्षिणी बन्दरगाहमा जारी नौसैनिक नाकाबन्दीका कारण इरानी नागरिकको दैनिक जीवन थप प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images