काठमाडौं– अमेरिकाले पहिलोपटक अन्तरिक्षको कक्षमा हतियार तैनाथ गरेको स्वीकार गरेपछि चीनले उसलाई अन्तरिक्षमा सैन्य विस्तार तत्काल रोक्न चेतावनी दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकालाई अन्तरिक्षमा सैन्य विस्तार रोक्न तथा ठोस कदममार्फत विश्वव्यापी रणनीतिक स्थिरता कायम गर्न आग्रह गरेका हुन् ।
सेप्टेम्बर १५ मा अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइंकले सत्रुबाट देशको रक्षा गर्न अमेरिकासँग अन्तरिक्षमा हतियार रहेको बताएका थिए ।
पेन्टागनका कुनै उच्च अधिकारीले अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको स्वीकार गरेको यो पहिलोपटक हो ।
यसको प्रतिक्रियामा चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ले उक्त कदमले अन्तरिक्षमा प्रभुत्व कायम गर्ने अमेरिकी नियत स्पष्ट पारेको र यसले विश्वव्यापी हतियारको प्रतिस्पर्धा सुरू गराउन सक्ने उल्लेख गरेको छ ।
सैन्य विश्लेषक सोङ जोङपिङले अमेरिका यही दिशामा अघि बढे अन्य देशहरू पनि त्यसको जवाफ दिन बाध्य हुन सक्ने बताएका छन् ।


विश्व खबर 




















