काठमाडौं– सर्वोच्च अदालतको निर्माणधीन भवनमा फेरि आगलागी भएको छ ।
प्रवक्ता अर्जुन कोइरालाका अनुसार मल्टिप्लकमा विद्युत् सर्ट भएर आगो लागेको हो ।
आगलागीबाट एक टेबल र तीन कम्प्युटर जले पनि मिसिल भने सुरक्षित छन् ।
यसका साथै रास्वपा सभापति रवि लामिछानेका विभिन्न जिल्लाका सहकारी ठगी मुद्दाका फाइल सुरक्षित रहेको सर्वोच्च स्रोतले बताएको छ ।
प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको छ ।
यसअघि १७ भदौमा पनि अदालतको अभिलेख शाखामा आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















