काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले विधेयकमाथिको दफावार छलफल सम्पन्न गर्दै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।
समिति सचिव लक्ष्मण अर्यालका अनुसार विधेयकको दफावार छलफल सकिएपछि समितिले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।
उनका अनुसार समितिबाट पारित प्रतिवेदन अब बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिनेछ । त्यसपछि विधेयक प्रतिनिधिसभाको प्रक्रियाअनुसार अघि बढ्नेछ ।
नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी यो विधेयक पारित भएपछि राष्ट्र बैंकको कानुनी तथा संस्थागत व्यवस्थामा आवश्यक संशोधन कार्यान्वयन गर्ने बाटो खुल्नेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















