काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि करसहित ८ दशमलव २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















