images
images
  • नेपाललाई भारतको राज्य बनाउने षड्यन्त्र रचेका अर्थमन्त्री स्वर्णिम वाग्ले भारततिरै हानिए

    काठमाडौं– भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज साँझ ५ बजे भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् ।

    सीतारमणको निमन्त्रणामा उनी ३ दिने भारत भ्रमणमा गएका हुन् ।

    भ्रमणको मुख्य उद्देश्य विपद्पछिको पुनर्निर्माण तथा आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्य बढाउनु रहेको छ ।

    भ्रमणका क्रममा उनले पूर्वविदेशसचिव श्याम शरणको कार्यक्रम, विदेशमन्त्री डा.एस जयशंकरसँग भेट, भारत व्यापार सम्वर्द्धन संगठनको कार्यक्रम, भारतीय उद्योग परिसंघको सम्मेलन र दिल्ली स्कुल अफ इकोनोमिक्सको छलफलमा सहभागिता जनाउनेछन् ।

    शनिबार अपराह्न ४ बजे उनी स्वदेश फर्कने कार्यतालिका छ ।

    यसअघि रास्वपा संस्थापक महामन्त्री डा.मुकुल ढकालले वाग्लेले नेपाललाई भारतको राज्य बनाउने अभिव्यक्ति दिएको खुलासा गरेका थिए ।

    उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै वाग्लेको अभिव्यक्तिको खुलासा गरेका हुन् ।

    त्यसयता स्वर्णिम वाग्ले उक्त अभिव्यक्तिको कुनै खण्डन गरेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images