images
images
  • यी हुन् १३ देशका लागि प्रस्तावित राजदूत : भारत, चीन र अमेरिकामा को–को भए सिफारिस ? (सूचीसहित)

    काठमाडौं– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायललगायत मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

    सरकारका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका, अध्ययन तथा अनुसन्धानमा संलग्न रहेका तथा नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरिएको हो ।

    अब सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ ।

    संसदीय सुनुवाइ सम्पन्न भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गर्ने प्रक्रिया अघि बढाइनेछ ।

    अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ ।

    १३ प्रस्तावित राजदूत :

    १. डा.निश्चलनाथ पाण्डे– भारत
    २. डा.कल्याणराज शर्मा– चीन
    ३. चिरनजंग थापा– संयुक्त राज्य अमेरिका
    ४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा– संयुक्त अधिराज्य
    ५. जिग्यान कुमार थापा– जापान
    ६. सुरेशकुमार कर्ण– इजरायल
    ७. प्राप्ति शेरचन– स्पेन
    ८. शरू जोशी– जर्मनी
    ९. डा.पद्माक्षी राणा– ओमान
    १०. चूडामणि खरेल– मलेसिया
    ११. प्राडा. सङ्गम श्रेष्ठ– दक्षिण कोरिया
    १२. डा.मंचला झा– श्रीलंका
    १३. गिरीबहादुर सुनार– साउदी अरेबिया

    प्रतिक्रिया दिनुहोस्
    images
    images