images
images
  • संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जिबी डाटा

    काठमाडौं – संविधान दिवस २०८३ को अवसरमा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विशेष डाटा प्याकेज सार्वजनिक गरेको छ ।

    टेलिकमले ‘संविधान दिवस अफर २०८३’ अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेज उपलब्ध गराउने भएको हो । उक्त अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन सञ्चालन हुनेछ ।

    अफरअन्तर्गत ४९९ रुपैयाँमा ३० दिनका लागि अनलिमिटेड लाइट प्याकेज लिन सकिनेछ। यस प्याकेजमा प्रयोगकर्ताले दैनिक ५ जिबी डाटा प्राप्त गर्नेछन्। दैनिक ५ जिबीको सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबिपिएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

    त्यस्तै, धेरै डाटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँमा ३० दिनका लागि अनलिमिटेड प्रो प्याकेज उपलब्ध हुनेछ । यस प्याकेजमा दैनिक १० जिबी डाटा उपलब्ध हुनेछ। दैनिक १० जिबीको सीमा पूरा भएपछि बाँकी समय ३ एमबिपिएस गतिको अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने प्याकेजमा मासिक भाडा शुल्कसमेत समावेश गरिएको नेपाल टेलिकमले जनाएको छ ।

    अफर लिन ग्राहकले आफ्नो मोबाइलबाट १४१५१३ डायल गर्न वा नेपाल टेलिकमको मोबाइल अनुप्रयोग प्रयोग गर्न सक्नेछन् ।

    नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार संविधान दिवसको अवसरमा ग्राहकलाई लक्षित गरी उक्त विशेष अफर ल्याइएको हो ।

    अफरको अवधिस् असोज २ देखि असोज ४ गतेसम्म

    अनलिमिटेड लाइटस् ४९९ रुपैयाँ, ३० दिन, दैनिक ५ जिबी, त्यसपछि २ एमबिपिएस
    अनलिमिटेड प्रोस् ६९९ रुपैयाँ, ३० दिन, दैनिक १० जिबी, त्यसपछि ३ एमबिपिएस

    प्रतिक्रिया दिनुहोस्
    images
    images