काठमाडौं– सरकारले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का पूर्वअध्यक्ष सुरेशकुमार कर्णलाई इजरायलका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई राजदूतमा सिफारिस गरेको हो ।
सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीति क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव रहेका कर्णले कुमारी बैंक र नेपाल बैंकमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
कुमारी बैंकमा रहँदा उनले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल क्यास’ सञ्चालनमा ल्याउन योगदान दिएका थिए ।
कर्ण क्यानका दुई कार्यकाल अध्यक्षसमेत भइसकेका छन् ।
उनले नेपालको पहिलो राष्ट्रिय आईटी नीति २००० को मस्यौदामा योगदान दिएका थिए भने २०१९ मा राष्ट्रिय आईसीटी उत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए ।
हाल उनी कुमो ल्याब्स प्रालिका अध्यक्ष छन् ।
इजरायल इरानी आक्रमणको दायरमा परेको देश हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















