images
images
  • कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो

    काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ ।

    राजमार्ग पूर्णरूपमा बन्द भएपछि व्यवसायीले लामो वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै ग्यासको मूल्य समायोजन गरेका थिए ।

    कृष्णभीर क्षेत्रमा सडक पुनः सञ्चालनमा आएसँगै ढुवानी सहज भएपछि ग्यासको मूल्य पुरानै अवस्थामा फर्काइएको हो ।

    वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसासम्म अतिरिक्त ढुवानी खर्च थपिएको थियो । अब भने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँ कायम भएको छ ।

    यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाडौँलगायत विभिन्न क्षेत्रमा ग्यास आपूर्तिमा समेत समस्या देखिएको थियो ।

    लामो तथा घुमाउरो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ढुवानी समय र खर्च दुवै बढेको थियो ।

    नेपाललाई तीन क्षेत्रमा विभाजन गरी एलपी ग्यास वितरण हुँदै आएकोमा यस अवधिमा तराई क्षेत्रको पिएडिओबाट मात्रै ग्यास आपूर्ति तथा वितरणको काम भइरहेको थियो ।

    सडक सञ्चालनमा आएसँगै अब काठमाडौँ र धादिङका लागि समेत पिएडिओ जारी गरिएको छ ।

    कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यासको नियमित आपूर्ति सहज हुने र उपभोक्ताले बढेको मूल्य तिर्नुपर्ने अवस्था अन्त्य भएको व्यवसायीहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images