images
images
  • एभरेस्ट बैंकको सेयरमूल्य समायोजन, नयाँ मूल्य ६९२ रुपैयाँ ८६ पैसा

    काठमाडौं – नेपाल स्टक एक्सचेन्जले एभरेस्ट बैंकको सेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले ५ प्रतिशत बोनस सेयरलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

    समायोजनपछि बैंकको सेयरमूल्य प्रतिसेयर ६९२ रुपैयाँ ८६ पैसा कायम भएको छ। बुधबार बैंकको सेयर अन्तिम कारोबार प्रतिकित्ता ७२७ रुपैयाँ ५० पैसामा भएको थियो ।

    समायोजित मूल्यलाई आधार मानेर बिहीबारदेखि बैंकको सेयर कारोबार खुल्नेछ ।

    बैंकले असोज १४ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, बोनस सेयर वितरणपछि कायम हुने पुँजीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images