images
images
  • कुमारी बैंकले घोषणा गर्‍यो २.१०५३ प्रतिशत नगद लाभांश

    काठमाडौं – कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशमा करसमेत समावेश रहेको बैंकले जनाएको छ ।

    बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि मात्र शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

    कुमारी बैंकले गत आर्थिक वर्षमा गरेको मुनाफाबाट शेयरधनीलाई प्रतिफलका रूपमा नगद लाभांश वितरण गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images