images
images
  • माधव समूहको केन्द्रीय कमिटीको बैठक पर धकेलियो

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले आजको लागि डाकेको केन्द्रिय सदस्यहरुको बैठक एक दिन पर धकेलेको छ ।जिल्ला बाहिर रहेका केन्द्रीय सदस्यहरु छोटो समयमा काठमाडौं आउन सम्भव नभएकोले बैठक एक दिन सारिएको दावी गरिएको छ ।

    नेपाल पक्षिय केही नेता भने आन्तरिक तयारी नपुगेको एवं पार्टी अध्यक्ष केपी ओलीसँग हुनसक्ने संभावित वार्ताको लागि बैठक सारिएको दावी गर्छन् ।अध्यक्ष ओलीसँग एकताका लागि प्रयासमा आफूपक्षीय एकता कार्यदलका पूर्व सदस्यहरु रहेका बेला नेपाल पक्षले हिजो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेका थियो ।

    ओलीले यही साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकाले नेपालले त्यो भन्दा अगावै आफ्नो पक्षको बैडक बोलाएका थिए ।   ओलीलाई आफ्नो शक्ति देखाउन र पार्टीको आन्तरिक राजनीति तथा आगामी रणनीतिबारे ‘ब्रिफिङ’ गर्ने उद्देश्यसहित नेपालले बैठक बोलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images