काठमाडौं– जेनजी शहीद दिवसका अवसरमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आयोजित कार्यक्रममा होहल्ला गरेको आरोपमा प्रहरीले जेनजी आन्दोलनका एक घाइते युवालाई नियन्त्रणमा लिएको छ ।
कार्यक्रममा एक जेनजी शहीदकी आमाले आफूहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् ।
उनलाई केही स्वयंसेवकले बोल्न रोक्न खोजेपछि ती युवाले महिलाको पक्षमा बोल्दै आफ्नो कुरा राख्न दिनुपर्ने बताएका थिए ।
त्यसक्रममा उनले गृहमन्त्री सुदन गुरुङको आलोचना गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनलाई भ्यानमा राखेर कार्यक्रमस्थलबाट लगेको थियो ।
प्रहरी नियन्त्रणमा परेका युवाले आफू जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















