काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवादको प्रयास गरे पनि भेट हुन नसकेको जानकारी केन्द्रीय समिति बैठकलाई गराएका छन् ।
दुई दिनसम्म चलेको बैठकमा थापाले देउवाको सचिवालयमार्फत चारपटक भेटका लागि समय माग्दा पनि नपाएको बताएका हुन् ।
उनले देउवा निकट नेताहरूबाट समेत संवादको पहल हुन नसकेको बताएका थिए ।
बैठकमा थापाले पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासँगको संवाद भने सकारात्मक रहेको जानकारी गराएका थिए ।
उनका अनुसार खड्का र कोइरालासँगको वार्तापछि उनीहरूको मुख्य माग सम्बोधन गर्दै क्रियाशील सदस्यता अद्यावधिक नभएका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















