काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानका लागि डा.शेखर कोइरालाले मध्यस्थता गरिरहेका छन् ।
उनले सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
गगन थापाले १५औं महाधिवेशनका लागि छुट्टै संयन्त्र बनाउने र त्यसको नेतृत्व शेखरलाई दिने प्रस्ताव गरेका थिए ।
तर, शेखरले देउवाबिना एकता नहुने भन्दै देउवाको ुसम्मानजनक बहिर्गमनु (ग्रेसफुल एक्जिट) नै अहिलेको मुख्य मुद्दा रहेको बताए ।
शेखर निकट नेता सञ्जय गौतमका अनुसार महाधिवेशनको उद्घाटन सभापतित्व र समापन सम्बोधनमार्फत देउवालाई सम्मानजनक बिदाइ गर्ने विकल्पमा छलफल भइरहेको छ ।
अर्कातर्फ, नेता प्रकाशशरण महतले देउवाकै नेतृत्वमा महाधिवेशन गए मात्र एकता सम्भव रहेको बताए ।
महामन्त्री प्रदीप पौडेलले भने महाधिवेशनको औचित्य नमासिई सहमति गर्न गगन थापा तयार रहेको जनाए ।
थापाले सर्वोच्च अदालतको मुद्दा फिर्ता भए महाधिवेशन मंसिरसम्म सार्न सकिने बताएका छन् ।
एकताका लागि संवाद र सहमतिको प्रयास जारी छ ।






















