images
images
  • अमेरिकामा डेमोक्रेटहरूको जीतबाट युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको विश्वास

    काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताले रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

    जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँग कुरा गर्दै जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटहरूले अमेरिकी संसद्का दुवै सदनमा नियन्त्रण कायम गरे त्यसबाट युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

    ‘म रिपब्लिकनहरूप्रति पनि आभारी छु । तर डेमोक्रेटहरूले युक्रेनलाई समर्थन गर्ने र सहयोग उपलब्ध गराउने विषयमा स्पष्ट धारणा राख्दै आएका छन्’, जेडडीएफले अन्तर्वार्ता प्रसारण गर्नुअघि जर्मन भाषामा उपलब्ध गराएको जेलेन्स्कीको भनाइमा उल्लेख छ ।

    उनले अमेरिका र युरोपबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विषयमा पनि डेमोक्रेटहरूले स्पष्ट धारणा राखेको बताए ।

    ‘उनीहरूले अमेरिका र युरोपबीचको सम्बन्ध पुनः जोड्ने कुरा गरिरहेका छन् । त्यसैले शक्ति सन्तुलन कायम हुने र हामीले थप सहयोग प्राप्त गर्ने आशा छ’, उनले भने ।

    जेलेन्स्कीले अमेरिकाबाट थप सहयोग प्राप्त भए त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रभाव पार्न सक्ने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images