images
images
  • जेनजी हिंसामा मारिएका सन्तानका अभिभावक बालेनप्रति रुष्ट, रास्वपा सत्तामाथि बढ्दो अविश्वास

    काठमाडौं– गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाए भने ५६२ घाइते भए ।

    एक वर्ष बितिसक्दा पनि सहिद परिवारको पीडा त्यस्तै छ ।

    सहिदका श्रीमती, बुवा, आमा आफ्ना गुमाएका सदस्यको सम्झनामा अझै रोइरहेका छन् ।

    सहिद सन्तोष विश्वकर्माकी श्रीमती अमिका भन्छिन्– ‘छोरी दिनहुँ बाबालाई फोन गरिदिनू भन्छिन् । फोन नलागेपछि भगवानको घरमा भए पनि फोन लाग्छ होला भन्छिन् ।’

    उनी प्रधानमन्त्री बालेन शाहप्रति निराश छिन्, उनले अहिलेसम्म कुनै सहिद परिवारलाई नभेटेको बताउँछिन् ।

    अर्का सहिद ईश्वत अधिकारीका बुवा ईश्वर अधिकारी भन्छन्– ‘छोराले आन्दोलन जाँदा अन्तिम पटक ‘मेरो अगाडि ६–७ जना मारिए’ भनेका थिए, त्यही अन्तिम कुराकानी थियो । बालेनले हामी सहिद परिवारलाई भेट्नै चाहेनन्, श्रद्धाञ्जली पनि दिएनन् ।’

    सहिद सुभाष बोहोराकी आमा कैलीदेवी भन्छिन्, ‘छोराले मलाई पाल्ने जिम्मेवारी लिन्थे । अहिले सरकारले २०–२५ हजारको जागिर दिएर मलाई झाडु–पोछा गर्न बाध्य बनायो । देशका लागि बलि दिएका हाम्रा बच्चाको न्याय नभएको गुनासो छ ।’

    आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका धेरै युवा कलाकार, अध्ययनरत र सपना देख्ने थिए ।

    सरकारले चुनाव जिते पनि सहिद परिवारको घाउ मेटाउन नसकेको परिवारको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images