images
images
  • यी हुन् कथित जेनजी आतंकले सित्तैमा जन्माएका नेता, लासको थुप्रोमा टेकेर पड्काए प्रधानमन्त्री र मन्त्री

    काठमाडौं– अथित जेनजी आतंकले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ ।

    आन्दोलनपछि विभिन्न पेशा, अभियान र सार्वजनिक जीवनका व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री, सांसद र दलका पदाधिकारी बनेका छन् ।

    पूर्वमेयर बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् भने अभियन्ता सुधन गुरुङ गृहमन्त्री भए ।

    आविष्कारक महावीर पुन दुईपटक मन्त्री भइसकेका छन्। पत्रकार जगदीश खरेल सांसद र प्रवक्ता बने ।

    यस्तै, सुशीला कार्की अन्तरिम प्रधानमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री, मदनप्रसाद परियार कृषिमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, सुधा शर्मा स्वास्थ्यमन्त्री, राजेन्द्रसिंह भण्डारी श्रममन्त्री र बब्लु गुप्ता युवामन्त्री बने ।

    यी सबै परम्परागत राजनीतिबाहिरका व्यक्तिहरू हुन् ।

    आन्दोलनले सत्ताप्रवेशको पुरानो मापदण्ड नै बदलिदियो ।

    अब अभियन्ता, प्राविधिक र विज्ञ पनि सरकारको नेतृत्वमा पुग्न थालेका छन् ।

    तर, आन्दोलनकी सक्रिय युवा नेता रक्षा बम भने सरकार वा संसद् प्रवेश गरिनन् र आलोचनात्मक भूमिकामै सक्रिय छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images