images
images
  • देउवाको साथ छोड्दै शेखर र पूर्णबहादुर, गगनसँग निरन्तर वार्ता

    काठमाडौं– नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच शनिबार साँझ भेटवार्ता भएको छ ।

    ‘वान टु वान’ भेटमा खड्काले क्रियाशील सदस्यता नवीकरण र १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यलाई १५औँ महाधिवेशनमा समेट्नुपर्ने माग राखेका थिए ।

    स्रोतका अनुसार सभापति थापा उक्त मागमा सकारात्मक देखिएका छन् र सहमतिको सम्भावना बढेको छ ।

    आज बिहान ११ बजे सभापति थापा र नेता डा.शेखर कोइरालाबीच पनि भेटवार्ता हुँदैछ ।

    कोइरालाले पार्टी एकताका लागि क्रियाशील सदस्यता अनिवार्य नगर्ने, पुरानो सदस्यता आधारमा महाधिवेशन गर्ने, र समितिहरू सहमतिबाट बनाउने प्रस्ताव राख्ने बताइएको छ ।

    प्रवक्ता देवराज चालिसेले सभापतिले आन्तरिक विवाद मिलाउन भेटघाट गरिरहेको र दिउँसो कार्यसम्पादन समिति बैठकमा विस्तृत जानकारी दिइने बताए ।

    सहमति भएमा भदौ २४ गतेको वडा अधिवेशन केही समय सर्न सक्ने संकेत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images