images
images
  • १३ हजार सरकारी कर्मचारी घुमफिर–मस्ती गर्न पुगे १४८ देश

    काठमाडौं– सन् २०२५ मा १३ हजार ५३१ सार्वजनिक पदाधिकारी तथा सरकारी कर्मचारी विश्वका १४८ देशमा भ्रमण गएका छन् ।

    अध्यागमन विभागको तथ्याङ्क अनुसार उनीहरूले अफिसियल (निलो) र कूटनीतिक (रातो) पासपोर्ट प्रयोग गरेका थिए ।

    सेना र प्रहरीको शान्ति मिसन यस तथ्याङ्कमा समावेश छैन।

    सबैभन्दा बढी भारत (४,०७४ जना), चीन (१,६०८), थाइल्याण्ड (१,०२४) र यूएई (४०९) पुगेका छन् ।

    यी चार देशमा मात्र कुल भ्रमणको ५२.५८% अर्थात् ७,११५ जना पुगेका छन् ।

    त्यस्तै, बंगलादेश, मलेसिया, अमेरिका, श्रीलंका, जापान, फिलिपिन्सलगायत देशमा पनि उल्लेख्य संख्यामा कर्मचारी पुगेका छन्।

    पछिल्लो पाँच वर्षमा ५६ हजार २६९ जना भ्रमणमा गएका छन् ।

    सन् २०२१ मा ३,७८७ जना मात्र थिए भने २०२५ मा बढेर १३,५५७ पुगेको छ, झण्डै साढे तीन गुणाले बढी ।

    सरकारले अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकमा चालु आर्थिक वर्षमा ३ अर्ब ३० करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    अनावश्यक भ्रमण रोक्न विगतका सरकारले नियम बनाए पनि पालना नभएको गुनासो छ ।

    हाल बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भ्रमणका लागि पूर्वस्वीकृति अनिवार्य गर्ने र फर्केपछि अनुभव साझा गर्नुपर्ने कडा मापदण्ड ल्याएको छ, यसको कार्यान्वयन भने हेर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images