काठमाडौैं– डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।
स्थानीय डम्मरी नाथको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार बुधबार भैँसीको पाडोलाई नदी तार्ने क्रममा नाथ चिप्लिएर नदीमा बगेकी थिइन् ।
नदीमा बगेपछि प्रहरीले स्थानीयको सहयोगमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा उनको शव बगेको स्थानबाट करिब पाँच किलोमिटर तल बसगोइरा नजिक फेला परेको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























