images
images
  • नाइजेरियामा करिब १२ वर्षपछि दोहोरियो इबोला

    काठमाडौं- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

    नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार सङ्क्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ ।

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट ९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । त्यस्तै चार हजार ३८१ जनाको मृत्यु भएको छ ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले प्रकोपलाई गम्भीर खतरा बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक सहायता, औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरेका छन् ।

    केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । केन्यामा पहिलो सङ्क्रमितको नजिकका परिवार सदस्यमा नवौं सङ्क्रमण पुष्टि भएको हो ।

    यता युगान्डाले देशमा सक्रिय सङ्क्रमण नरहेको जनाएको छ । सन् २०१४ पछि नाइजेरियामा इबोलाको यो पहिलो घटना हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images