images
images
  • आयुर्वेदमा जमरा: ‘सुपरफुड’ र बहुगुणी औषधि पनि

    काठमाडौं- बडादसैंको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ । यसको धार्मिक, सांस्कृतिक मात्रै होइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन् ।

    जमरालाई माता दुर्गा भवानीको प्रसाद र उनको स्वरूपको रूपमा लिइन्छ । घटस्थापनाका दिन कलश स्थापना गरी राखिने जमरामा नवदुर्गाको शक्ति आह्वान गरिएको हुन्छ । हरिया जमरालाई जीवनमा हरियाली, सुख, शान्ति, समृद्धि र आरोग्यको प्रतीक मानिन्छ । दसैं पर्व प्रकृति, कृषि र वनस्पतिसँग गहिरो रूपमा जोडिएको छ । नयाँ अन्न (यव वा जौ) लाई अङ्कुरित गरेर प्रसादको रूपमा ग्रहण गर्नु प्रकृतिको पूजा र कृतज्ञता प्रकट गर्नु हो ।

    दसैंमा टीकासँगै लगाइने जमरा केवल धार्मिक आस्थाको विषय मात्र नभई यो शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त गुणकारी र लाभदायक मानिन्छ ।

    जमराको सेवनले स्वास्थ्यमा हुने फाइदाहरू

    – जौको जमरालाई आयुर्वेदमा एक प्रकारको सुपरफुडु मानिन्छ । यसको रस वा सेवनले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ ।

    – जमरामा क्लोरोफिल उच्च मात्रामा पाइन्छ, जसले रगत सफा गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ ।

    – यसमा पाइने भिटामिन ए, सी, ई, के, एन्टिअक्सिडेन्ट र मिनरल्सले शरीरको इम्युन सिस्टमलाई बलियो बनाउँछ ।

    – जमराको रस वा यसको नियमित सेवनले पेटको ग्यास्ट्रिक, अपच र कब्जियत जस्ता समस्याहरूलाई कम गर्न सहयोग गर्छ ।

    – यसले शरीरमा जम्मा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ ।

    – जमराको नियमित सेवनले रगतमा चिनीको मात्रा र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पुर्‍याउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images