काठमाडौं- अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पु¥याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन् । उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ ।
राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो । उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क डट कम’ नामक अनधिकृत वेबसाइट सञ्चालन गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार उक्त वेबसाइटबाट पाँच हजार २०० भन्दा बढी ग्राहकलाई ५१ लाखभन्दा बढी नक्कली हुलाक लेबल बिक्री गरिएको थियो । ती लेबलका कारण अमेरिकी हुलाक सेवाले राजस्व गुमाउनुका साथै ढुवानी खर्चसमेत बेहोर्नुपरेको थियो ।
पाकिस्तानी अनुसन्धानकर्ताहरूका अनुसार अकरमले व्यवसाय सञ्चालन गर्न आफ्ना भाइ, पत्नी, बहिनी र काकीसहित परिवारका सदस्यका १६ वटा बैंक खाता प्रयोग गरेका थिए । उनलाई अमेरिकामा सुपुर्दगी गरिने वा पाकिस्तानमै मुद्दा चलाइने भन्ने स्पष्ट भइसकेको छैन ।






















