images
images
  • भोटेकोशी बाढीको विपत्ति बिर्सँदै लाङटाङ पुग्न थाले पर्यटक

    रसुवा- यातायात सहज भएसँगै रसुवाको लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङ क्षेत्र घुम्न पर्यटक आउने क्रम सुरु भएको हो ।

    यातायात पूर्ण रूपमा सञ्चालन भएसँगै लाङटाङ क्षेत्रमा पर्यटकको आगमन बाक्लिएको लाङटाङस्थित ‘माउन्टेन भ्यु’ का प्रोपाइटर निमा लामाले जानकारी दिए ।

    यातायातको सहजतासँगै पर्यटकहरू आउन थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको उनको भनाइ छ ।

    जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ । अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने वैकल्पिक मार्ग तय गरिएको छ ।

    गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने पर्यटकीय क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ । लाङटाङका वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले गत भदौ १० गतेको भोटेकोशी बाढीको विपत्तिलाई बिर्सिएर पर्यटकहरु आउन थालेको सुनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images