काठमाडौं- नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् ।
यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको छ ।
ग्राहकले यो नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था गरिएको टेलिकमले उल्लेख गरेको छ ।
त्यसैगरी अब अनलाइनमार्फत समेत एनटी फाइबर जडान गर्न आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासो समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । https://complain.ntc.net.np/ लगइन गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत यसको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
टेलिकमले हालै रू. ४ हजार ९९९ मा ३० एमबीपीएसको प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ । त्यसैगरी अन्य विभिन्न प्याकेजहरु समेत उपलब्ध गराइएको छ ।






















