images
images
  • उत्कृष्ट लयमै पीएसजी, जित्ला त लगातार तेस्रो उपाधि ?

    काठमाडौं- यूईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)को सानदार प्रदर्शन जारी छ । मङ्गलबार राति भएको खेलमा पीएसजीले बार्सिलोनालाई ४-२ ले हरायो ।

    खेलमा पीएसजीका डिजायर डोउ, भिटिन्हा तथा बार्सिलोनाका लमिन यमालले गरेको गोल साँच्चै उत्कृष्ट थियो ।

    म्यानचेस्टर सिटीसँग पछिल्लो साता भएको खेलमा समेत नायक भएका डोउको गोलमा ३८ औं मिनेटमा पीएसजीले अग्रता लिएको थियो ।

    टिनएजर जाभी एरपर्टले दोस्रो हाफको सुरुमा नै बार्सिलोनाका लागि बराबरी गोल गरे । लुइस हर्नान्डेजले ७२ औं मिनेटमा दोस्रो पटक पीएसजीलाई अग्रता दिलाए पनि ७९ औं मिनेटमा यमालले सानदार गोल गरे । भिटिन्हा र फाबियन रुइजले थप गोल गर्दै पीएसजीलाई जिताए ।

    मङ्गलबारको खेलमा लिभरपुलले भिल्लारियललाई ४-३ ले, म्यानचेस्टर सिटीले एइक एथेन्सलाई ५-१ ले तथा नेपोलीले बोडालाई ४-३ ले हराए ।

    रोमाले स्लोभन ब्राटिस्लाभासँगको खेलमा ४-० को सफलता पायो । पीएसभीले पोर्टोलाई १-० तथा बोरुसिया डर्टमन्डले सबाह एफकेलाई २-१ले हराए ।

    सिटीको जितमा भने फिल फाडेन नायक भए । इङ्ल्यान्डका अन्तर्राष्ट्रिय स्ट्राइकर उनले सानदार गोल ह्याट्रिक गर्नुका साथै एसिस्ट पनि गरे । सिटीले १२ औं मिनेटमा एलियट एन्डरसनको गोलमा अग्रता लिएको थियो ।

    सिटीका लागि रायन चर्कीले थप गोल गरे । यसैगरी एथेन्सका लागि स्टाभरोस पिलियासले गोल गरे ।

    रियो नागुमो चम्केपछि दुई गोलले पछि परेको लिभरपुलले ४-३ को जित हात पारेको हो । उनले टोलीका लागि दुई उत्कृष्ट अवसर सृजना गरिदिएका थिए ।

    सो खेलमा लिभरपुलका लागि म्याक एलिस्टरले दुई गोल गरे भने एरुजा र विट्जले एकएक गोल गरे । भिल्लारियलका मिकाउ्ट्जे, सर्जि काडोना र ओलाओयसीले गोल गरे ।

    स्ट्गार्ट र एथलेटिको म्याड्रिडको बीचमा १-१ गोलको बराबरी भयो । फेनबरबाक र स्लाभिया प्राग बीचको खेलमा पनि २-२ गोलको बराबरी भयो ।

    तीन खेलमा शत प्रतिशत जित हात पारेको पीएसजी र लिभरपुल ९ अङ्कसहित शीर्ष दुई स्थानमा छन् । यसअघिका दुई खेलमा जित हात पारेको स्टुगार्ट भने तेस्रो स्थानमा छ ।

    अस्टन भिल्ला, स्पोर्टिङ सीपी, आर्सनल, रियल म्याड्रिड र रियल बेटिसले दुई खेलमा दुवै जित हात पारेका छन् । यी सबै टोलीले बिहीबार तेस्रो खेल खेल्नेछन् ।

    दुई पटकको विजेता पीएसजी अहिले सानदार फर्ममा छ । पीएसजीको यो टोलीलाई इतिहासकै उत्कृष्ट टोलीको रूपमा कायम राखिएको छ ।

    यस वर्ष पीएसजीले उपाधि हात पारेमा लगातार तीन पटक उपाधि जित्ने पहिलो टोली बन्नेछ ।

    – एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images