images
images
  • राष्ट्रिय क्रिकेट टोली ओमानबाट स्वदेश फिर्ता

    काठमाडौं- आईसीसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ । ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो ।

    टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रतिनिधिहरूले स्वागत गरेका छन् ।

    लिग–२ को अन्तिम शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । जसअनुसार नेपालले ओडीआई मान्यतालाई जोगाएको छ ।

    नेपालले श्रृङ्खलाको चारमध्ये तीन खेलमा जित निकाल्यो । नेपालले श्रृङ्खलामा ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images