काठमाडौं- टर्किएले कतार, पाकिस्तान र इन्डोनेसियाबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको टर्कीले जनाएको छ।
टर्किएको रक्षा मन्त्रालयका अनुसार टर्की, कतार, पाकिस्तान र इन्डोनेसियाबीच रक्षा क्षेत्रमा सहकार्य बढाउने र रक्षात्मक क्षमतालाई बलियो बनाउने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
दोहामा भएको यो सम्झौताले सैन्य अभ्यास र तालिम, अनुसन्धान र विकासमा सहकार्य तथा सम्बन्धित देशका रक्षा उद्योगहरूलाई प्रवर्द्धन गर्ने संयुक्त प्रयासमा सहयोग पुर्याउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्






















