images
images
  • युक्रेनको तर्फबाट युद्ध गर्ने अमेरिकी रुसद्वारा रिहा, सुनाइएको थियो सात वर्षको जेल सजाय

    काठमाडौं- रूसी स्टेट मिडियाले रूसी राष्ट्रपतिलाई उद्धृत गर्दै युक्रेनको तर्फबाट रुसविरुद्ध युद्ध गरेका एक अमेरिकी नागरिकलाई रिहा गर्न मस्को सहमत भएको छ ।

    युक्रेनको तर्फबाट रुसविरुद्ध युद्ध गरेका ती अमेरिकी नागरिकलाई रुसले जेल पठाएको थियो । सरकारी मिडियाका अनुसार भ्लादिमिर पुटिनले यो जानकारी सेन्ट पिटर्सबर्गमा अमेरिकी दूत स्टिभ विटकाफसँगको कुराकानीका क्रममा दिएका हुन् ।

    उनले स्टेफन हबर्डलाई पुल्कोभो एयरपोर्ट लगिएको बताए ।

    मिशिगनका बासिन्दा हबर्डको उमेर ७२ वर्ष थियो, जब उनलाई २०२४ मा लगभग सात वर्षको सजाय सुनाइएको थियो । त्यसबेला उनलाई खुला जेलमा पठाउने आदेश दिइएको थियो ।

    अभियोजकहरूले उनीमाथि पूर्वी शहर इज्युममा एक रक्षा एकाइसँग काम गरिरहेको आरोप लगाएका थिए । दुई वर्षअघि रूसी बलहरूले उनलाई त्यहीबाट पक्राउ गरेका थिए ।

    अमेरिकी विदेश मन्त्रालयले हबर्डलाई पहिले नै ‘गलत तरिकाले हिरासतमा राखिएको’ व्यक्ति घोषित गरिसकेको छ ।

    मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको कुराकानीमा हबर्डको मुद्दा उठाएका जनाएका थिए।

    बीबीसीका अनुसार ट्रम्पले पत्रकारहरूसँग भनेका थिए, ‘हेर्नुहोस् के हुन्छ। हामी हबर्डको मुद्दामा ध्यान केन्द्रित गरिरहेका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images