काठमाडौं- फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले मध्यपूर्वी क्षेत्रमा जारी तनाव कम गर्ने प्रयासस्वरूप फ्रान्सले सबै पक्षहरूसँग छलफल गरिरहेको बताएका छन् ।
कतारमा पत्रकारहरूसँग कुरा गर्दै उनले लेबनानी सेनालाई सहयोग उपलब्ध गराउने विषयमा छलफल गरिने पनि बताए ।
उनका अनुसार लेबनानी सेनालाई अन्तर्राष्ट्रिय बलहरूको समर्थन रहेको छ ।
राष्ट्रपति म्याक्रोनले लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलको उपस्थिति समाप्त भएकोमा दुःख समेत व्यक्त गरे ।
तर पछिल्लो समय फ्रान्स आफैं विद्यालयस्तरका विद्यार्थीहरुको आन्दोलन विस्तार हुँदै गृहयुद्धको अवस्थाबाट गुज्रिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















