काठमाडौं- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतमा जारी विपक्षी र विद्यार्थीहरूको विरोध प्रदर्शनका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
भारत भ्रमणमा रहेका विदेशमन्त्री रुबियोलाई बुधबार विपक्षी र विद्यार्थीहरूको विरोध प्रदर्शनबारे प्रश्न सोधिएको थियो।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो भारतको आन्तरिक राजनीतिक मामिला हो । म उनीहरूको राजनीतिमा हस्तक्षेप गर्नेछैन । यहाँ लोकतन्त्र छ । चुनाव हुन्छ । त्यसैले म उनीहरूको आन्तरिक राजनीतिक मामिलामा आफ्नो राय दिनेछैन । अमेरिकामा पनि हरेक दिन विरोध प्रदर्शनहरू भइरहन्छन् ।’
विदेशमन्त्री रुवियोले अन्त्यमा अमेरिकाले भारतको आन्तरिक राजनीतिक मामिलामा टिप्पणी नगर्ने दोहोराए ।
उनले भने, ‘यी मामिलाहरूमा निर्णय गर्ने र तिनको सामना गर्ने काम भारतीय जनताको हो ।’
यसैबीच भारतमा हालका महिनाहरूमा भएका प्रदर्शनहरूमा प्रहरीको कडा कारबाहीलाई लिएर संयुक्त राष्ट्रसंघका १६ जना विज्ञहरूले मंगलबार चिन्ता व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघका विज्ञहरूले भारतीय अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न, त्यसको रक्षा गर्न र मानव अधिकार उल्लङ्घनका मामिलामा न्याय गर्न अपील गरेका छन् ।






















