images
images
  • अर्थमन्त्रीको कर्मचारीमाथि विभेद : निजामतीलाई १५ दिनमै तलब, शिक्षकले पाउँदैनन् ३ महिनासम्म भुक्तानी

    काठमाडौं– संघीय सरकारअन्तर्गतका कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् ।

    महालेखा नियन्त्रक कार्यालयले मातहतका कार्यालयलाई अर्धमासिक भुक्तानी व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

    अर्थ मन्त्रालयले गत वैशाखमै यस्तो निर्णय गरे पनि आवश्यक प्रणाली र प्राविधिक तयारी पूरा नभएकाले कार्यान्वयनमा ढिलाइ भएको थियो ।

    अब एक महिनालाई दुई चरणमा विभाजन गरी प्रत्येक १५ दिनपछि तलब तथा सम्बन्धित भत्ता भुक्तानी गरिनेछ ।

    महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निकासा माग भए आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

    चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा लागू गर्ने योजना भए पनि प्रणालीगत तयारीका कारण करिब एक महिनापछि व्यवस्था कार्यान्वयनमा आएको हो ।

    उता शिक्षकले भने हालसम्म ३/४ महिनाको अन्तरमा तलब पाउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images