images
images
  • सरकारी कर्मचारीको २९ हजारदेखि ९० हजार रूपैयाँसम्म तलबमान कायम

    काठमाडौं– मन्त्रिपरिषद्ले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ ।

    अर्थ मन्त्रालयले साउन ६ गते पठाएको प्रस्ताव १५ दिनपछि क्याबिनेटबाट अनुमोदन भएको हो ।

    नयाँ तलबमानअनुसार मुख्य सचिवले अब सबैभन्दा बढी ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने प्रथम स्तरका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउनेछन् ।

    नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह तलब पाउने व्यवस्था गरिएको छ भने प्रहरी महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रुपैयाँ तोकिएको छ ।

    सरकारले साउनदेखि लागू हुनेगरी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता थपेको छ ।

    पेन्सनधारीका लागि भने १० प्रतिशत मात्र वृद्धि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images