images
images
  • होटेल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान तोक्नुपर्ने, नतोके के हुन्छ ?

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होटेल तथा रेष्टुरेन्टमा धुम्रपान गर्ने स्थान तोक्न निर्देशन दिएको छ ।

    जिल्लाभित्र सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायतका सूर्तिजन्य पदार्थ प्रयोग भइरहेको र त्यसले अन्य ग्राहकलाई प्रभावित तुल्याइरहेको भन्दै यस्तो निर्देशन दिएको हो । प्रशासनले कानुनी व्यवस्थाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई अनुरोध समेत गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयले सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ अनुसार धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउन तथा धुम्रपान गर्ने स्थानलाई चारैतिरबाट बन्द गरी अन्य व्यक्तिलाई असर नपर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

    कार्यालयले होटेल तथा रेष्टुरेन्ट सञ्चालन गर्दा कानुनले तोकेका मापदण्ड पूरा गर्न सबै व्यवसायीलाई सूचित गरेको छ । अनुगमनका क्रममा ऐनविपरीत कार्य गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ अनुसार अधिकतम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

    940x380 Pi7 image tool 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images