images
images
  • बालेन सरकारले देशैभर पुनः लोडसेडिङ सुरु गरेर कुलमानविरुद्ध मुद्दा चलाउँदै, छानविन समिति गठन

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत तार परियोजनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    समितिको संयोजक प्राधिकरणका सञ्चालक शम्भु केसी रहेका छन् ।

    समितिमा प्राविधिक, कानुन र खरिद विज्ञ रहने तथा प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव हुनेछन् ।

    समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

    बोर्ड सदस्य अंशु किरण शाहीका अनुसार पछिल्लो दुई महिनामा मात्रै ट्रान्सफर्मर, मिटर खरिद र विभिन्न परियोजनासम्बन्धी ६६८ वटा उजुरी परेको छ ।

    एसियाली विकास बैंकको सहयोगमा सञ्चालन भएको भूमिगत तार परियोजनाबारे पनि धेरै गुनासा आएका छन् ।

    शाहीले समिति कुलमान घिसिङलाई लक्षित गरेर गठन नभएको दाबी गर्दै पहिले भएका खरिद र सञ्चालित सबै परियोजनाको छानबिन हुने बताए ।

    वीरगन्जमा भएको लामो विद्युत अवरोधपछि भूमिगत तारमा देखिएको प्राविधिक समस्यासमेत समितिले अध्ययन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images