images
images
  • पश्चिमी वायुको आंशिक प्रभावः पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

    रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    यसैबीच, तराईका भू–भाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images